मुगुमा धारिलो हतियार प्रहारबाट वृद्धको हत्या,

428 Shares

मुगु । मुगुमा खुँडा प्रहारबाट एक जना वृद्धको हत्या भएको छ। छायाँनाथ रारा नगरपालिका–५ कार्कीवाडाका ७५ वर्षीय धनवीर कामीको हत्या भएको हो।

प्राप्त विवरणअनुसार मंगलबार बिहान करिब ८ः२० बजे सोही ठाउँका ३२ वर्षीय अजवीर कामीले घरको आँगनमा बसिरहेका धनवीरमाथि धारिलो हतियार खुँडा प्रहार गरेका थिए। घटनामा गम्भीर घाइते भएका धनवीरको ज्यान गएको जनाइएको छ।

घटनापछि प्रहरीले आरोपीलाई नियन्त्रणमा लिएको र घटनामा प्रयोग भएको हतियारसहित थप अनुसन्धान अघि बढाएको विवरण सार्वजनिक भएको छ।

 
घटनाको कारण तथा अन्य विस्तृत विवरणबारे थप आधिकारिक जानकारी आउन बाँकी छ।
 
सम्बन्धित समाचार