कांग्रेस महाधिवेशनमा दुई घण्टामै १ हजार २९३ मत, मतदान जारी

757 Shares

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी रहेको छ। मतदान सुरु भएको दुई घण्टामा १ हजार २९३ मत खसेको छ।
नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न शुक्रबार बिहानदेखि मतदान प्रक्रिया सुरु भएको हो। मतदानमा महाधिवेशन प्रतिनिधिहरू सहभागी भइरहेका छन्।
यसअघि खराब मौसम र मतपत्र छपाइमा भएको ढिलाइका कारण मतदान निर्धारित समयभन्दा पछि सुरु भएको थियो। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि देशभरबाट आएका प्रतिनिधिहरूले मतदान गरिरहेका छन्।
निर्वाचन समितिका अनुसार मतदानका लागि ७ हजार ३१७ प्रतिनिधि योग्य रहेका छन्। मतदान प्रक्रिया सम्पन्न भएपछि मतगणना गरी नतिजा सार्वजनिक गरिनेछ।

सम्बन्धित समाचार