सरकारले तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्‍यो

533 Shares

काठमाडौं । सरकारले थप तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार विश्वविद्यालय, स्वास्थ्य तथा केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पठाइएको हो। 

राष्ट्रपति कार्यालय स्रोतका अनुसार सिफारिस गरिएका तीन अध्यादेशमा विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश रहेका छन्। 

यसअघि सरकारले सहकारी तथा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पनि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। पछिल्लो तीन अध्यादेशको सिफारिससँगै सरकारले अध्यादेशमार्फत विभिन्न कानुनी व्यवस्था संशोधन तथा कार्यान्वयन अघि बढाउने प्रक्रिया तीव्र बनाएको छ।

राष्ट्रपतिसमक्ष अध्यादेश सिफारिस भएसँगै अब ती अध्यादेश जारी गर्ने वा नगर्ने विषय राष्ट्रपतिको निर्णयमा निर्भर हुनेछ। संविधानको धारा ११४ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने व्यवस्था छ।

सरकारको यो कदमप्रति विपक्षी दलहरूले भने आपत्ति जनाएका थिए। उनीहरूले संसद्को प्रक्रियाबाट कानुन निर्माण गर्नुपर्ने भन्दै अध्यादेशमार्फत कानुन ल्याउने प्रक्रिया रोक्न आग्रह गरेका थिए। 

 
 
सम्बन्धित समाचार