631
Shares
वीरगञ्जको नयाँ बसपार्क क्षेत्रमा विद्युतीय भ्यानको ठक्करबाट ४५ वर्षीया रीमा गुप्ताको मृत्यु भएको छ।
बुधबार बिहान पैदल हिँडिरहेकी वीरगञ्ज महानगरपालिका–१६ नगवाकी गुप्तालाई बा.प्र.०३–००१ ज ०७२० नम्बरको विद्युतीय भ्यानले ठक्कर दिएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएकी गुप्ताको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनापछि प्रहरीले भ्यान र चालक सिन्धुलीको कमलामाई नगरपालिका–२ का रामकुमार कार्कीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।