४४ उपसचिवको सरुवा, को कहाँ पुगे ?

470 Shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव वा सोसरह) का ४४ कर्मचारीको सरुवा गरेको छ ।

मन्त्रालयको असोज २० गतेको निर्णयअनुसार शिक्षा, प्रशासन तथा इन्जिनियरिङ सेवाका कर्मचारीहरूको सरुवा गरिएको हो ।

सरुवा हुने कर्मचारीमा लोकबहादुर लोप्चन, गेहनाथ गौतम, गोमादेवी चेम्जोङ, बासुदेव रेग्मी, विनोदकुमार पोखरेल, सीता परियार, मेघनाथ पाध्या, वेदनिधि खनाल, कल्पना घिमिरे नेपाल र चेतराज बराल छन् ।

त्यस्तै डोरेन्द्र निरौला, दीपक ज्ञवाली, गंगाधर पौडेल, टेककुमार रेग्मी, चित्रांगत बराल, दीर्घराज उपाध्याय, रामप्रसाद घिमिरे, जयराम श्रेष्ठ, रोजेन्द्रबहादुर अर्याल र शिवप्रसाद लम्सालको पनि सरुवा भएको छ ।

यस्तै हरि पंगेनी, अमृत महर्जन, ज्योति केसी बराल, प्रेमकाजी महर्जन, प्रकाश देवकोटा, अशोककुमार भण्डारी, केशव पौडेल, सिर्जना शर्मा, विष्णुराज बेल्बासे र सचिन्द्रकुमार यादव सरुवा भएका छन् ।

यसैगरी रोशनकुमार कठायत, सूर्यप्रसाद चापागाईं, विष्णुप्रसाद पौडेल, जितेन्द्रकुमार यादव, घनश्याम भुसाल, हरिचन्द्र जोशी, केशवराज भट्टराई, अशोक अधिकारी, खेमराज काफ्ले, आशिष अर्याल र अनिल भुजेलको पनि सरुवा गरिएको छ ।

सरुवा भएका कर्मचारीमध्ये कल्पना घिमिरे नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ । डोरेन्द्र निरौलाको जिल्ला समन्वय समिति धनकुटा तथा दीर्घराज उपाध्यायको जिल्ला समन्वय समिति कैलालीमा सरुवा भएको छ ।

त्यस्तै गंगाधर पौडेल, हरि पंगेनी, अमृत महर्जन, ज्योति केसी बराल र विष्णुराज बेल्बासेलगायतलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । सूर्यप्रसाद चापागाईंको पनि गृह मन्त्रालयमा सरुवा भएको विवरण सार्वजनिक भएको छ ।

मन्त्रालयले गरेको निर्णयअनुसार सरुवा भएका ४४ उपसचिवको साविक तथा नयाँ कार्यालयसहितको विस्तृत विवरण मन्त्रालयले सार्वजनिक गरेको छ ।

सम्बन्धित समाचार