दोधारा–भीमदत्त जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचियो

505 Shares

धनगढी, असोज १४। कञ्चनपुरमा महाकाली नदीमाथि रहेको दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुल भाँचिएपछि आवतजावत अवरुद्ध भएको छ।

दोधारा चाँदनी नगरपालिका–४ स्थित पुलको दोधारातर्फको करिब ५–६ मिटर भाग केही समयअघि माथि उठेको थियो। त्यसपछि पुलको पिल्लरसमेत भत्किएर संरचना नै भाँचिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

पुल भाँचिएसँगै उक्त बाटो हुँदै हुने पैदल आवागमन पूर्ण रूपमा प्रभावित भएको छ। महाकाली नदीमाथिको यो पुल दोधारा चाँदनी र भीमदत्त क्षेत्रका बासिन्दाका लागि आवतजावतको महत्वपूर्ण माध्यम हो।

प्रहरीका अनुसार पुलको क्षति भएपछि तत्काल आवागमन रोकिएको छ। पुल मर्मत तथा आवागमन सहज बनाउन आवश्यक पहल भइरहेको जनाइएको छ।

पुलको कुन भागमा कति क्षति पुगेको हो भन्नेबारे थप प्राविधिक विवरण आउन बाँकी छ। पुल मर्मत नभएसम्म स्थानीय बासिन्दाले वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

 
 
सम्बन्धित समाचार