प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक, दिउँसो ३ बजे सिंहदरबारमा बस्ने

624 Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री शाहले आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकमा समसामयिक विषयसँगै सरकारका नियमित प्रशासनिक तथा नीतिगत विषयमा छलफल हुने बताइएको छ ।

मन्त्रिपरिषद् बैठकमा विभिन्न मन्त्रालयबाट पेस भएका प्रस्तावमाथि छलफल तथा आवश्यक निर्णय हुन सक्नेछ । सरकारका आगामी कामकारबाही, प्रशासनिक व्यवस्थापन तथा सार्वजनिक सरोकारका विषयमा समेत बैठक केन्द्रित हुन सक्ने जनाइएको छ ।

यद्यपि, बैठकको औपचारिक कार्यसूची भने सार्वजनिक भइसकेको छैन । बैठकपछि मन्त्रिपरिषद्ले गरेका निर्णयहरूबारे थप जानकारी आउने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री शाहले सरकारको नेतृत्व सम्हालेपछि बस्न लागेको मन्त्रिपरिषद् बैठकलाई सरकारका आगामी प्राथमिकता र निर्णयका दृष्टिले पनि चासोका साथ हेरिएको छ । बैठकमा सहभागी मन्त्रीहरूले आ–आफ्ना मन्त्रालयसँग सम्बन्धित प्रस्ताव तथा विषयहरू प्रस्तुत गर्नेछन् ।

सम्बन्धित समाचार