सुनचाँदीको मूल्यमा गिरावट, सुन प्रतितोला ३ हजार ८०० रुपैयाँ घट्यो
953
Shares
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ८०० रुपैयाँ घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँ मा कारोबार भइरहेको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ३०० रुपैयाँ कायम भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ११५ रुपैयाँले घटेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ३९५ रुपैयाँ मा कारोबार भइरहेको छ । सोमबार भने चाँदीको मूल्य प्रतितोला ४ हजार ५१० रुपैयाँ थियो ।
यसरी हेर्दा एकै दिनमा सुनको मूल्य ३ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य ११५ रुपैयाँ घटेको हो ।