इरान । इरानले स्ट्रेट अफ होर्मुज आसपास अमेरिकी नौसैनिक जहाजसहित विभिन्न पानीजहाजमाथि आक्रमण गरेर सफलता हासिल गरेको दाबी गरेको छ।
इरानी अधिकारीहरूका अनुसार आक्रमणपछि अमेरिकाले आफ्ना युद्धपोतहरू इरानी तटबाट थप टाढा सारेको छ। यसैबीच, अमेरिकी सञ्चारमाध्यमहरूले होर्मुजमा इरानले प्रहार गरेको एन्टिसिप क्रुज क्षेप्यास्त्रको घटनामा ८ अमेरिकी मरीन सैनिक घाइते भएको रिपोर्ट गरेका छन्।
इरानले अमेरिकी युद्धपोतहरू आफ्नो अघिल्लो तैनाथी क्षेत्रबाट पछि हटेको दाबी गरिरहँदा अमेरिका भने इरानमाथि नौसैनिक दबाब कायम राखिरहेको बताइएको छ।
तनावका बाबजुद स्ट्रेट अफ होर्मुजबाट तेलको आवागमन भने जारी छ। विभिन्न स्रोतका अनुसार दैनिक लाखौँ ब्यारेल कच्चा तेल यो महत्वपूर्ण जलमार्ग हुँदै पार भइरहेको छ। युद्धअघि भने दैनिक करिब २ करोड ब्यारेल तेल होर्मुजबाट पार हुने गरेको थियो।
यसबीच अमेरिका–इरान तनाव कम गर्न कूटनीतिक प्रयासको सम्भावना पनि देखिएको छ। तर इरानले अमेरिकी नाकाबन्दी र होर्मुजको अवस्थालाई वार्ताको मुख्य विषय बनाउँदै आएको छ।
विश्लेषकहरूका अनुसार कूटनीतिक प्रयास असफल भए होर्मुज आसपास तनाव र पानीजहाजमाथिका आक्रमण थप बढ्न सक्ने जोखिम छ।
स्ट्रेट अफ होर्मुज विश्वकै महत्वपूर्ण ऊर्जा मार्गमध्ये एक भएकाले यहाँको तनावले अन्तर्राष्ट्रिय तेल बजार र विश्व अर्थतन्त्रमा समेत असर पार्न सक्छ।